हिन्दु राज्यको माग गर्दै आन्दोलनमा उत्रिएका हिन्दु धर्मावलम्वीहरुले आज आव्हान गरेको बन्दको प्रभाव नवलपरासीमा आज विहानैदेखि परेको छ । बन्दकर्ताहरु कावासोतीको फलफूल चोकमा सडकमा ओमकार लेखेर प्रदर्शनमा उत्रिएका छन् । बन्दका क्रममा पसलहरु खुल्न सकेको छैन ।
त्यस्तै बन्दको प्रभाव चितवन र रुपन्देहीमा पनि परेको छ । आन्दोलनकारीले आज रुपन्देही, नवलपरासी र चितवन बन्द आव्हान गरेको हो ।



बन्दका कारण चितवन र रुपन्देहीमा पनि सवारी साधन चल्न नसकेको जनाएकोक छ । त्यस्तै नवलपरासीमा केही फाट्टफुट्ट ट्रकहरु सञ्चालनमा आएपनि प्रहरीले कावासोतीमा रिफ्रेस सेन्टरमा लगेर राखिदिएको छ । मोटरसाइकलहरु पनि सञ्चालनमा आएका छन् ।
त्यस्तै चितवनमा पनि सवारी साधन ठप्प रहेको छ । नारायणगढबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउन सकेको छैन ।
- रामकुमार श्रेष्ठ बाट click here to read this news in English
0 Comments